भूकम्पपछि व्यथा लागेकी गर्भवतीलाई अस्पताल बाहिर ल्‍याएर सुत्केरी गराइयो

भूकम्पपछि व्यथा लागेकी गर्भवतीलाई अस्पताल बाहिर ल्‍याएर सुत्केरी गराइयो

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं– बझाङमा लगातार भूकम्पपछि एक जना व्यथा लागेकी गर्भवती महिलालाई बाहिर ल्याएर सुत्केरी गराइएको छ।

व्यथा लागेपछि जिल्ला अस्पताल बझाङमा भर्ना भएकी महिलालाई अस्पताल बाहिर ल्याएर सुत्केरी गराइएको हो।

भूकम्पछि अस्पतालभित्र असहज भएपछि उनलाई बाहिर ल्याइएको जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको छ।

बझाङका धेरै जसो क्षेत्रमा भूकम्पका कारण भौतिक संरचनामा क्षति भएको छ। २ बजेर ४० मिनेटमा ५.३ र ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्यूडको भूकम्प गएको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय