प्रतिनिधि सभा सदस्यका लागि गोकर्ण विष्टसगैं सिफारिसमा परेका गौतमले झाँक्रीलाई सहयोग गर्ने

प्रतिनिधि सभा सदस्यका लागि गोकर्ण विष्टसगैं सिफारिसमा परेका गौतमले झाँक्रीलाई सहयोग गर्ने

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी ।गुल्मी २ कि प्रतिनिधि सभा सदस्यकी साझा उम्मेदवार रामकुमारी झाँक्रीलाई एमालेजन बाटै राहत मिलेको छ । उनलाई नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य शेषकान्त गौतमले खुलेर सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

आज नेपाल पत्रकार महासंघ जिल्ला शाखा कार्यालय गुल्मीमा उनले पत्रकार सम्मेलन मार्फत रामकुमारी झाँक्रीलाई निर्वाचनमा सहयोग गर्ने जानकारी गराएका हुन् ।

उनले भने “ मेरो एमाले प्रती कुनै गुनासो छैन तर एमाले उठाएको उम्मेदवार प्रती ठूलो गुनासो र आपत्ति छ , साथै गोकर्ण विष्ट तर्फ लक्षित गर्दै उनले थपे, आफ्नै पार्टीको प्रधानमन्त्रीलाई हटाउन सर्वोच्चमा जाने तर उहीँ पार्टीमा बसेर टिकट लिने र चुनाव लडने विष्टको नैतिक पतन भएको आरोप समेत लगाए ´´ ।

तत्कालीन नेकपा हुँदै एमाले पार्टी विभाजनमा गोकर्ण विष्टको हात रहेको बताउदै उनले एक पटक जिल्लामा सम्पुर्ण कार्यकर्ता ,जनता समक्ष आत्मालोचना गर्नु पर्ने बताए ।

त्यस्तै यता एकीकृत समाजवादीकी सचीव समेत रहेकी रामकुमारी झाँक्रीलाई सम्मान गर्दै यस पटक उनलाई जिताउनु पर्ने धारणा व्यक्त गरेका छन् ।

कुनै राजनीतिक परिवार,धन सम्पत्तिका कारण नभई एक आन्दोलनले जन्माएको निडर नेतृ रहेको बताउदै यस पटक उनलाई चुनाव जिताउनु आफ्नो दायित्व रहेको समेत प्रष्ट पारे ।

पार्टीले कारबाही गरे के गर्नु हुन्छ भन्ने ? सञ्चारकर्मीको जिज्ञासामा उनले ,कारबाही गरे भोग्न तयार रहेको र कारबाही गरे पनि कुनै राजनीतिक दलमा रहेको सक्रिय राजनीति गर्ने उल्लेख गरेका छन् ।

गौतम नेकपा एमालेका जिल्ला स्तरीय प्रभावशाली नेता हुन । २०३९ सालमा तत्कालीन नेकपा माले बाट राजनीतिक यात्रा सुरु गरेका गौतमले २०४९ सालमा पाल्पा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा सभापति पदमा निर्वाचित भएका थिए ।

गौतम गुल्मी २ बाट प्रतिनिधि सभा सदस्यको लागि यस पटक जिल्ला बाट सिफारिसमा समेत परेका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय