“कसैलाई गाली गरेर हैन, आफ्ना योजना सुनाउदै जनताको बिच जाउँ” : डा भण्डारी

“कसैलाई गाली गरेर हैन, आफ्ना योजना सुनाउदै जनताको बिच जाउँ” : डा भण्डारी

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

भुवन भुसाल, गुल्मी । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले अरुलाई आरोप र लाल्छना लगाएर नभई आफ्ना योजना सुनाउँदै घरदैलो अभियानलाई अगाडि बढाएका छन ।

नेपाली कांग्रेसका प्रभावसाली नेताको छवि बनाएका उनी अहिले गुल्मी क्षेत्र न १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारको रुपमा घरदैलो अभियान संचालन गरिरहेका छन ।

गल्ती आफ्नाले गरे पनि गलत भन्न सक्ने र राम्रो गर्दा अर्कै दलले गर्दा पनि मुक्तकण्ठले प्रशंसा गर्ने स्वभावका डा. भण्डारी घरदैलो अभियानमा जाँदा कसैको आलोचना गर्दैनन् ।

२०७० सालमा सम्पन्न दोश्रो संविधान सभामा निर्वाचित भएपछी संबिधानसभामा संविधान लेखनमा प्रशंसनिय भुमिका निर्वाह गरेका उनले गुल्मेली जनतालाई सडक संजाल, पक्की पुल, बिधालय भवन निर्माणका प्रतिबद्धता पूरा गरेका गुल्मेली जनता बताउछन ।

आज एक चुनाबी सभालाई संबोधन गर्दै कांग्रेस नेता डा. भण्डारीले भने “यो कसैलाई गाली गर्ने र आरोप लगाउने बेला होईन, आफ्ना योजना र प्रतिबद्धता सुनाउने र आम नागरिक संग भेट्ने समय हो, म कसैलाई लाल्छना लगाउदिन” उनले अगाडि भने “निर्वाचन आउँछन जान्छन, कसैलाई कसैले गाली नगरौं, सामाजिक एकता कायम गरौं” ।

अहिले गुल्मीको मुख्य समस्या बसाइँसराइ भएको भन्दै नेता भण्डारीले गुणस्तरीय शिक्षा र स्वास्थ्य एवं रोजगारीको राम्रो व्यवस्थापन गरि बसाइँसराइ रोक्नु आफ्नो प्रमुख ध्यय रहेको उनले बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय