निसीखोलामा फेला परेको शवको ट्याटुबाट पहिचान

निसीखोलामा फेला परेको शवको ट्याटुबाट पहिचान

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : बागलुङको निसीखोलामा बुधवार फेला परेको टाउको नभएको शवको पहिचान खुलेको छ । उक्त शव निसीखोला गाउँपालिका वडा नम्बर ४ झिवाखोला बजार नजिकै वडा नम्बर ५ कामीडेराका २४ वर्षीय तुलबहादुर विकको रहेको पुष्टी भएको हो ।

सुरुमा शव पत्ता लगाउन नसके पनि उनको हातमा रहेको ट्याटुको आधारमा विक नै हुन भन्ने पुष्टि भएको हो । उनको टाउको भने भेटिएको छैन । स्थानीयले विहान १० बजेतिर निसीखोलाको बीचमा ढुङ्गामा अड्किएको अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

युवाको टाउको चुँडिएको अवस्थामा रहेकोले कसैले हत्या गरेर खोलामा फालेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरी टोली घटना स्थलमा गइसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवालीले जानकारी दिनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय