बडिगाड खोलामा बेपत्ता अधिकारीको शव फेला

बडिगाड खोलामा बेपत्ता अधिकारीको शव फेला

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बडिगाड अनलाईन,गुल्मी । शनिवार बडिगाड खोलामा बेपत्ता गुल्मीका पुरुषको शव फेला परेको छ ।

गुल्मीको मुसिकोट नगरपालिका वार्ड न ४ का ६० वर्षीय तुलबहादुर अधिकारी मलामी गएको बेला चिप्लिएर बडिगाड खोलामा खसेर वेपत्ता भएका थिए ।

शनिवार प्रहरी र स्थानीयले बडिगाड खोला किनारामा खोज्दा पनि फेला पार्न सकेका थिएनन् ।

आईतबार विहानै देखि खोजि कार्यमा जुटेका प्रहरी र स्थानीयले उनको शव चन्द्रकोट गाउँपालिका र गुल्मीदरबार गाउँपालिका जोड्ने झोलुङ्गे पुल अर्थात चिउरेनी चिर नजिकै बडिगाड खोलामा फेला पारेका हुन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय