गुल्मीमा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु

गुल्मीमा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी : गुल्मीमा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ।

मुसिकोट नगरपालिका १ बाङ्गेमा  हिजो साँझ ट्याक्टरबाट खसेर परिचालकको मृत्यु भएको हो । मालिका गाउँपालिका-२ का २२ वर्षीय दीपक परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तम्घासबाट पौदी अमराईतर्फ जाँदै गरेको लु २ त ५६०३ नम्बरको ट्याक्टरबाट हिजो साँझ ६ बजे उनी खसेका थिए ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभाषमा गएराति २ बजे मृत्यु भएको थियो ।तस्बिर : साकेंतिक

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय