गुल्मीको मुसिकोटमा जेसिबीले पल्टाएकोे ढुङ्गाले लागेर विद्यार्थीको मृत्यु

गुल्मीको मुसिकोटमा जेसिबीले पल्टाएकोे ढुङ्गाले लागेर विद्यार्थीको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सागर भण्डारी,गुल्मी । गुल्मीमा सडक निर्माण गर्र्ने क्रममा जेसिबीले पल्टाएकोे ढुङ्गाले लागेर एक विद्यार्थीको मृत्यु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका ३ स्थित मैदान ठुलापोखरा सडक निर्माण गर्ने क्रममा पल्टिएको ढुङ्गाले लागेर स्थानीय पृथ्वी माविमा अध्ययनरत १४ वर्षीय गगन रायमाझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

बिहिवार बिहान करिब ९ :३० बजे तिर ८५८ (ईएक्स) नम्बरको जेसिबिले पल्टाएको ढुङ्गाले लागेर घाइते भएका रायमाझीको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात जिल्ला अस्पताल तम्घास ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

अहिले उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भैइरहेको छ । तस्बिर : साकेंतिक

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय