कुमाल समुदायको छुट्टै अस्तित्व कायम गर्न मेरो उम्मेदवारी

कुमाल समुदायको छुट्टै अस्तित्व कायम गर्न मेरो उम्मेदवारी

साहसी खबर
3 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ५ दलीय गठबन्धनको तर्फबाट वडा नं २ मा नेपाली काँग्रेसबाट डिल बहादुर राना वडाध्यक्ष पदको उम्मेदवार बनेका छन् ।

देशभरनै कम मात्रै प्रतिनिधित्व भएको अल्पसंख्यक राना समुदायबाट उनी वडाध्यक्ष पदको उम्मेदवार बनेका छन् । यसर्थ काँग्रेसले बडिगाडमा उक्त समुदायलाई नेतृत्वमा लैजान र सदियौँ देखि नेतृत्वबाट पिल्सिएका राना समुदायका समस्याहरु सिधै राज्यसम्म पुगुन भन्ने हेतुले रानालाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । यो सगैं राना युवा उम्मेदवार समेत हुन् । वडा नं २ राना समुदायको बसोबास भएको क्षेत्र हो ।

वडाध्यक्ष पदका उम्मेदवार रानाले आफुले समग्र राना समुदायको छुट्टै पहिचान स्थापित गर्न र बर्षौँ देखि पिछडिएको राना एवम् कुमाल समुदायलाई नेतृत्व तहमा लैजान उम्मेदवारी दिएको बताउँछन् । नेपाली काँग्रेस बडिगाड गाउँ कार्य समिति सभापति कृष्ण गुरुङले भोट बैकंको रुपमा प्रयोग भएका दनियाँ लगायत २ नं वडाका राना समुदायलाई राज्यको प्रत्यक्ष पहुँचमा पुर्याउन डिल बहादुर रानालाई वडाध्यक्ष पदको उम्मेदवार बनाएको बताए ।

वडाध्यक्ष पदमा उम्मेदवारी दिएका राना यसअगाडी २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पनि वडा नं २ बाटै वडाध्यक्ष पदको उम्मेदवार भएर पराजित बनेका थिए । बडिगाडमा रहेका सम्पूणर् कुमाल समुदायहरुले आफ्नो कुराहरु प्रत्यक्ष रुपमा सरकारसगं पुग्ने र समस्या समाधानका लागि पहल गर्ने गरी आफ्नो उम्मेदवारी रहेको तथा त्यसलाई बुझेर रुख चिन्हमा मतदान गर्नुपर्ने उनको भनाई छ ।

को हुन् राना ?

२०४५ सालमा बडिगाड गाउँपालिका २ दनियाँमा जन्मिएका राना त्यस समुदायको एक अगुवाका रुपमा चिनिन्छन् । कुमाल समुदायलाई चुनावका बेला मात्रै प्रयोग गर्ने अवस्थाको अन्त्यका लागि उनले नेपाली काँग्रेसको राजनीति सुरु गरेका थिए ।

आफ्ना समुदायमा पर्ने विभिन्न भैपरि एवम् विपदहरुमा सक्रिय भएर काम गर्ने उनी पछिल्लो समय नेपाली काँग्रेस बडिगाड वडा नं २ कार्यसमितिको सभापति रहेर काम गर्दै आएका छन् । उनकै पहलमा २०७६ सालमा राना सेवा समाजको स्थापना गरिएको थियो । अहिले उनकै पहलमा राना समुदायको अस्तित्व झल्किने गरी सामुदायिक भवनको समेत निर्माण गरिँदैछ ।

यसबाहेक उनले आफ्ना समुदायमा आईपर्ने विभिन्न समस्या समाधानमा सक्रियतापूर्वक काम गर्दै आएका छन् । विद्यालयलाई समायोजन गर्ने विषय,गाउँमा हुने विपत्ति भैपरिहरुमा गर्ने सहयोगले उनी लोकप्रिय बनेका छन् । आफ्नो पार्टी सरकारमा नहुँदा त कुमाल समुदायको हीतमा थुप्रै काम गरेको छु,उनले भने आफै सरकारमा गएभने हाम्रो समुदायको उत्थानका लागि कति काम गर्न सकिन्थ्यो होला ?

यसकारण पनि यसपटक सम्पूणर्ले आफुलाई भोट दिनुपर्ने उनको दाबी छ । कम्युनिष्टहरुले बर्षौँ देखि दबाब र राजनीति गरेकाले त्यसलाई कुमाल समुदायलाई मुक्त गर्न र छुट्टै अस्तित्व कायम गर्न उम्मेदवारी दिएको बताउँछन् ।रानाले कोभिड महामारीमा पनि निकै सक्रियतापूर्वक काम गरेका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय