मुसिकोट नगरपालिकाको दशौं नगर सभा सम्पन्न !

मुसिकोट नगरपालिकाको दशौं नगर सभा सम्पन्न !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी : मुसिकोट नगरपालिकाको दशौं नगर सभा सम्पन्न भएको छ । नगरप्रमुख सोमनाथ सापकोटाको अध्यक्षतामा रुद्रावती बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको हो ।

गत असारमा वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको मुसिकोट नगरपालिकाले केही योजनाहरू संशोधन सहित महत्वपुर्ण तिन विधेयकहरू पारित गरेको छ ।

नगरसभामा सुशासन तथा संस्थागत क्षमता विकास समिति सयोंजक भागिरथ खरेल नगरपालिकाको आर्थिक वर्ष २०७४/०७५,२०७५/०७६ र २०७६/०७७ को अन्तिम लेखा परिक्षण प्रतिवेदनमा नियमित गर्नुपर्ने भनी औँल्याइएका बेरुजु संपरिक्षणका लािग प्रस्तुत प्रस्ताव,नगर उपप्रमुख कमला शर्माले आर्थिक वर्ष २०७८/०७९ को आशिंक बजेट तथा कार्यक्रम संसोधन र थपघटको लागि मुसिकोट नगरपालिका विनियोजन विधेयक २०७८ प्रथम संसोधन सम्बन्धी प्रस्ताव र विधायन समिति सयोंजक नरेशराज खरेलले आर्थिक विधेयक २०७८ प्रथम संसोधन प्रस्ताव पेश गर्नुभएको थियो ।

३ वटै प्रस्तावहरु सर्वसम्मत रुपमा संसोधन सहित पारित भएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय