गुुल्मीमाा श्रीमानले बन कुखुरा मार्न पड्काएको भरुवा बन्दुकको छर्राले आफ्नै श्रीमती घाइते !

गुुल्मीमाा श्रीमानले बन कुखुरा मार्न पड्काएको भरुवा बन्दुकको छर्राले आफ्नै श्रीमती घाइते !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । श्रीमानले चलाएको भरुवा बन्दुकको छर्राले लागेर श्रीमती घाइते भएकी छन्।

मुसिकोट नगरपालिका – ४ वडागाउँका दिपक काउछा मगरलजंगलमा दिउँसो वन कुखुरा मार्न चलाएको भरुवा बन्दुकको छर्राले लागेर उनकै श्रीमती ४२ वर्षीय बसन्ती काउछा मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार गोलीको छर्राले कम्मरमा लागेर घाइते भएकी काउछाको तमघास अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं आर्मी अस्पताल छाउनीमा रिफर गरिएको छ ।

धारापानी जंगलमा प्रहरीले भरुवा बन्दुक फेला पारेको जनाएको छ । घटनापछि फरार रहेका दिपक काउछालाई प्रहरीले पक्राउ गरेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय