बागलुङमा संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुग्यो !

बागलुङमा संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुग्यो !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ/बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

बागलुङ नगरपालिका–४ की ७२ बर्षिया कोरोना संक्रमित महिलाको बुधबार दिउँसो धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको छ ।

उनको मृत्युसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

कोरोना भाइरसको लक्षण देखिएपछि मंगलबार अस्पताल भर्ना भएकी उनको बुधबार दिउँसो ४ बजेर ३० मिनेटमा उपचारको क्रममा मृत्यु भएको फोकलपर्सन घिमिरेले जानकारी दिए । मंगलबार नै उनको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृत्यु भएकी महिलाले असार ३० गते कोरोना भाइरस विरुद्धको भेरोसेल खोप १ डोज लगाएको फोकलपर्सन घिमिरेले बताए । ‘खोप लगाएको २१ दिनमा शरिरमा एन्टिबडी बन्ने हो,’ फोकलपर्सन घिमिरेले भने–‘उहाँलाई खोप लगाएको २१ दिन नपुगेको र शरिरमा एन्टिबडी नबनेको वा बन्ने क्रममा रहेको कारण संक्रमण भएको हो ।’

महिलालाई जटिल प्रकारको कोभिड निमोनिया सहित मुटु रोग हाइपोथायरायडिज्मको समस्या देखिएको धौलागिरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शैलेन्द्र वि.क. पोखरेलले बताए । बागलुङमा बुधबार दिउँसो सम्म सक्रिय संक्रमितको संख्या ५ सयको हाराहारीमा पुगेको छ । बुधबार मात्रै १ सय ३ जनामा संक्रमण पुष्टि भएको घिमिरेले बताउनुभयो । ४ सय ९७ जना सक्रिय संक्रमित आईसोलेसनमा छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय