एक महिला र उनका दुई छोरी हत्या कसुरमा बाग्लुङका सुनारलाई जन्म कैदको फैसला !

एक महिला र उनका दुई छोरी हत्या कसुरमा बाग्लुङका सुनारलाई जन्म कैदको फैसला !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । गुल्मी जिल्ला अदालतले एक महिला र उनका जुम्लिया दुई छोरीलाई हत्या गरेको कसुरमा गर्ने बागलुङको गलकोट नगरपालिकाका ४६ वर्षीय पूर्णबहादुर सुनारलाई आजीवन कैद सजाय तोकेको छ ।

२०७६ कात्तिक १६ मा मोरङको कानेपोखरी–३ कन्काई घर भई पोखरामा बस्दै आएकी ३२ वर्षीया शिवमाया लिम्बु र उनका सात वर्षीय जुम्लिया छोरी गंगा र जमुनाको हत्या गरेको कसुरमा सुनारलाई अदालतले सजाय सुनाएको हो ।

न्यायाधीश राधाकृष्ण उप्रेतीको सुनारलाई आजीवन कैद सजायको फैसला गरेको अदालतका तहसिलदार रामबहादुर कुँवरले जानकारी दिए । सुनारले शिवमाया र उनका छोरीहरुलाई गुल्मीको चन्द्रकोट गाउँपालिकाको हर्राचौरमा रहेको जंगलमा हत्या गरेका थिए ।

हत्यामा उनका भाइ हर्कबहादुर सुनार र एक नाबालकको पनि सहायता लिएको प्रहरीले जनाएको छ। हर्कबहादुर फरार छन् । नाबालकलाई एक वर्षको कैद हुने गरी फैसला भएको प्रहरीले जनाएको छ । रेडियो सारथी

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय