बागलुङमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु !

बागलुङमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : बागलुङमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

धौलागिरि अस्पतालको आईसियु कक्षमा उपचार गराईरहेका जैमिनी नगरपालिका-३ का का ५२ वर्षका पुरुष संक्रमितको सोमबार बिहान ६ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिए ।

साउन ३ गतेदेखि धौलागिरि अस्पतालको आईसियु कक्षमा भर्ना भएर उपचार गराईरहेका उनको कोभिड निमोनियाका कारण मृत्यु भएको हो ।

बागलुङमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेका संख्या ६१ पुगेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय