बागलुङमा चितुवाको आक्रमणबाट युवक घाइते !

बागलुङमा चितुवाको आक्रमणबाट युवक घाइते !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

(फाइल तस्बिर) बागलुङ : गलकोटमा चितुवाको आक्रमणबाट एक युवा घाइते भएका छन् ।

बागलुङ गलकोट नगरपालिका वडा नम्बर ८ काँडेबासका ३७ वर्षीय रवीन दर्लामी चितुवाको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।

घर नजिकैको छिमेकी ओम दत्तको खाली घरमा राखेको हलो लिन गएको बेला दर्लामीलाई चितुवाले आक्रमण गरेको बताइएको छ । घाइते दर्लामीको हात, घाँटीमा चोट लागेको छ । दर्लामीलाई उपचारको लागि गलकोटको हटिया स्थित आरोग्य हस्पिटल लगिएको छ । चितुवा खाली घर भित्रै रहेको आशंका गरिएको छ ।

चितुवा घरमा भए नभएको बारे बुझ्न प्रहरी नायब निरीक्षक बाबुराम पुरीको कमाण्डमा ५ जनाको प्रहरी टोली उक्त स्थानमा पठाइएको हवारीले जानकारी दिए । बागलुङ पोस्ट

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय