कमल पौडेल : बडिगाड गाउँपालिकाको वडा नं. २ स्थित खर्वाङ बजार क्षेत्रमा स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिएको छ।
मास्क नलगाई हिँड्नेहरुलाई प्रहरीले सोमवार पनि कार्वाहि स्वरुप जरिवाना गराएको छ। जिल्ला प्रशासन कार्यालय बागलुङको रसिदमा प्रति व्यक्ति १०० रुपैयाका दरले मंगलवार ९ जनालाई कार्वाहि गरिएको प्रहरी चौकी खर्वाङका इन्चार्ज प्रहरी नायव निरिक्षक अनुप केसिले जानकारी दिनुभएको छ।
यस अघि सोमवार प्रहरीले १३ जनालाई कार्वाहि गरेको थियो। बडिगाड गाउँपालिका वडा नं. २ को बजार क्षेत्रलाई असार २७ गते सम्म सिल गरिएको छ। असार १७ गते पिसिआरको लागि लिइएको स्वाव परिक्षणबाट ४६ जनामा कोरोना पोजेटिभ देखिएपछि वडा नं. २ लाई सिल गरिएको हो। (साकेंतिक तस्बिर)




