गुल्मेली समाज जापानद्वारा गाउँगाउमा स्वास्थ्य सामग्री र उपकरण वितरण !

गुल्मेली समाज जापानद्वारा गाउँगाउमा स्वास्थ्य सामग्री र उपकरण वितरण !

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । गुल्मेली समाज जापानले पठाएको स्वास्थ्य सामाग्री मुसिकोटमा वितरण गरिएको छ । नेपाल पत्रकार महासंघ गुल्मीको अक्सिजन अभियान अन्तर्गत समाजले पठाएको सामाग्री विभिन्न स्थानीय तहमा वितरण गर्ने कार्यक्रम अन्तर्गत मुसिकोटका ३ वटा स्वास्थ्य संस्थालाई नेपाल पत्रकार महासघंले समन्वय गरी वितरण गरिएको हो ।

जसमध्ये वडा नम्वर ७ स्थित वामी अस्पताल, वडा नम्वर ९ को अलाङ्गकोट स्वास्थ्य चौकी र वडा नं ६ को कुर्घा स्वास्थ्य चौकीलाई महासंघको टोलीले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । वामी अस्पताललाई २ लाख भन्दा बढि मुल्यको अक्सिजन कन्सन्ट्रेटर मेसिन लगायतका अन्य स्वास्थ्य सामाग्री, त्यस्तै अर्लाङ्गकोट स्वास्थ्य चौकीलाई पिपिई १० थान मास्क ५ सय थान , सेनिटाईजर ६० लिटर , पञ्जा ५ सय जोडी , अक्सिमिटर ५ थान हस्तान्तरण गरिएको छ ।

भने कुर्घा स्वास्थ्य चौकीलाई अक्सिमिटर ५ थान , पञ्जा ५ सय जोडा , मास्क ५ सय थान , पिपीई गाउन १० जोडा सेनिटाईजर ५ लिटर हस्तान्तरण गरिएको छ । उक्त सामग्री नेपाल पत्रकार महासंघका अभियान समन्वय समितिका संयोजक एवम् पुर्व अध्यक्ष जनार्दन घिमिरे,महासंघका उपाध्यक्ष रेशम कुँवर,सचिव प्रेम सुनार,कोषाध्यक्ष कौरव खत्री,कार्य समिति सदस्य डिबी खड्काको टोलीले हस्तान्तरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी जनार्धन घिमिरेले नेपाल पत्रकार महासंघको अक्सिजन अभियान मार्फत आएको स्वास्थ्य सामग्री पालिका स्तर सम्मका स्वास्थ्य चौकीहरुलाई जिल्लाभर हस्तान्तरण गर्न लागिएको जानकारी गराउँदै सहयोगदाता गुल्मेली सेवा समाज जापानलाई धन्यवाद दिएका थिए ।

त्यस्तै गुल्मेली सेवा समाज जापानका प्रतिनिधी सह-कोषाध्यक्ष चेतन अर्याल जापानमा रहेका गुल्मीवासी सबैले सहयोग गरेर २० लाख भन्दा बढि रकम संकलन भई स्वास्थ्य सामग्री खरिद गरि हस्तान्तरण गर्न लागिएको जानकारी दिएका थिए ।

कार्यक्रममा वडा नम्वर ९ वडाध्यक्ष नरेशराज खरेल,मुसिकोट नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत मुना ज्ञवाली, स्वास्थ्य शाखा संयोजक डिबी जिसी, ,महिला अधिकारकर्मी बिष्णु सापकोटा,गुल्मेली सेवा समाजका सहकोषाध्यक्ष चेतन अर्याल लगायतको आतिथ्यता रहेको थियो ।

मुसिकोट नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष प्रकाश काफ्लेको अध्यक्षता रहेको रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघको सचिव प्रेम सुनारको सञ्चालन रहेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय