‘गुल्मीमा अक्सिजन प्लान्ट स्थापना गर्न १ करोड बजेट विनियोजन’

‘गुल्मीमा अक्सिजन प्लान्ट स्थापना गर्न १ करोड बजेट विनियोजन’

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ: गुल्मीमा अक्सिजन प्लान्ट स्थापना गर्नको निम्ती एक करोड रुपैया विनियोजन भएको छ।

गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १ करोड़ विनियोजन गरिएको गुल्मी क्षेत्र नम्बर १ का सांसद तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञावलीले जानकारी दिनुभयो।

यतिबेला जिल्लामा सक्रिय कोरोना संक्रमित एक हजार नाघिसकेको अवस्थामा अक्सिजनको पनि अधिकतम माग हुने गरेको कारण जिल्लामा अक्सिजन अभियान चलिरहेको छ। पत्रकार महासंघ गुल्मीले पनि अक्सिजन प्लान्ट स्थापना गर्ने गरी अर्थ संकलन सञ्चालन गरिरहेको छ। हालसम्म ५० लाख भन्दा बढी रकम संकलन भएको महासंघले जनाएको छ।

यस्तै मन्त्री ज्ञावलीले जिल्ला अस्पतालमा ५ बेडको आइसियु स्थापनाका लागि थप रकमको प्रबन्ध गर्न लागिएको समेत बताउनुभयो।

रुरु, श्रृंगा र जोहांग खैरेनी प्राथमिक स्वास्थ्य केन्द्रका लागि आवश्यक स्वास्थ्य सामग्री पठाउने जानकारी दिदै अक्सिजन प्लान्टको अभियान सञ्चालन गर्ने पत्रकार महासंघलाई धन्यवाद समेत दिनुभएको छ।

ज्योतिन्यूज डटकमबाट साभार ‌

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय