गुल्मीमा निषेधाज्ञा जेठ पन्ध्र सम्म लम्ब्याइयो

गुल्मीमा निषेधाज्ञा जेठ पन्ध्र सम्म लम्ब्याइयो

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी: गुल्मीमा निषेधाज्ञाको समय जेठ १५ गतेसम्म लम्बिएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ १५ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए।

यस अगाडी थप गरिएको निषेधाज्ञाको समय जेठ चार गते (भोली) राती १२ बजे सकिदैछ। थप गरिएको निषेधाज्ञालाई कडाइका साथ लागु गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ। जिल्लामा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द रहनेछन्। निषेधाज्ञाको कसैले अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अन्तर्गत कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ।

 

जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या एक हजार ३८ रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। संक्रमणका कारण जिल्लामा ५२ जनाको मृत्यु भइसकेको छ। जिल्लामा हालसम्म २०६ जना उपचार पछि निको भएको कार्यालयले जनाएको छ।

खबर मार्केटबाट साभार

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय