बढ्दो कोरोना संक्रमण रोक्न बागलुङमा १५ दिन निषेधाज्ञा थप

बढ्दो कोरोना संक्रमण रोक्न बागलुङमा १५ दिन निषेधाज्ञा थप

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ: कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै जिल्लामा १५ दिन निषेधाज्ञा थप गरिएको छ।

यसअघि जिल्ला प्रशासन कार्यालयले जारी गरेको १० दिनको निषेधाज्ञाको समयसीमा बैशाख ३१ गते भोलि शुक्रबार सकिँदैछ।

कोभिड संकट नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले आगामी जेठ १५ सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले आदर्श अनलाइनलाई बताए।

पछिल्लो समय बागलुङमा कोरोना संक्रमण तिव्र बढ्दो छ। बिहीबार मात्रै कोरोना संक्रमणका कारण धौलागिरी अस्पतालमा उपचाररत चार जनाको मृत्यु भएको थियो।

अहिलेको निषेधाज्ञाका क्रममा बैंक वित्तीय संस्थालाई सुरुवातमा खुल्ला र केही दिन यता आलोपालोमा खुल्ला गरिएको थियो। तर, अब हुने १५ दिनको निषेधाज्ञामा बैंक, वित्तीय संस्थापनि पूर्ण रुपमा बन्द रहने उहाँको भनाई छ।

हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय द्वारा जारी विज्ञप्ती:

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय