ढोरपाटनमा ट्याक्सी दुर्घटना, चालक बडिगाडका एकजना सहित २ जनाको मृत्यु

ढोरपाटनमा ट्याक्सी दुर्घटना, चालक बडिगाडका एकजना सहित २ जनाको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ: जिल्लाको ढोरपाटन नगरपालिका-५, प्याङखोलामा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। यस्तै एक जना महिला घाइते भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तका अनुसार, आज साँझ पोखराबाट ढोरपाटन नगरको प्याङ्खोला जाँदै गरेको ध१ज ५२८ नम्बरको ट्याक्सी प्याङ्खोला घुम्तीमा दुर्घटना भएको हो। दुर्घटनामा परि ढोरपाटन नगरपालिका-५ का ४० वर्षीय जोकबहादुर विक र चालक बडिगाड गाउँपालिका-५ का ढालबहादुर थापाको मृत्यु भएको वन्तले जानकारी दिनुभयो।

ट्याक्सी चालक थापालाई उपचारका लागि पाल्पा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ। दुर्घटनामा मृकत विककी श्रीमती ३८ वर्षीय रतिकला विक घाइते भएकी छन्। उनको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको वन्तको भनाई छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय