सत्यवती सम्पर्क समाज कोरियाद्वारा मुटु रोगी सुनारलाई आर्थिक सहयोग

सत्यवती सम्पर्क समाज कोरियाद्वारा मुटु रोगी सुनारलाई आर्थिक सहयोग

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

– सागर भण्डारी

गुल्मी: सत्यवती सम्पर्क समाज कोरियाले मुटु रोगी एक विमल सुनारलाई आर्थिक सहयोग प्रदान गरेको छ। रोजगारीका लागि कोरियामा रहेका सत्यवतीबासीहरुको सक्रियतामा सकंलित रकम मुटु रोग पीडित सुनारलाई हस्तान्तरण गरिएको हो।

गुल्मी सत्यवती गा.पा को वडा नं ५ ( ढाड) निवासी रामु सुनारका छोरा विमल सुनार विगत ४-५ वर्ष देखि मुटु रोगले पीडित रहेका छन् । उनको मुटुमा पानी भरिएको र उपचारका लागि अप्रेशन गर्नु पर्ने डाक्टरहरुले बताएपछि परिवारले आर्थिक अभावमा उनको उपचार गराउन सकेको थिएन् । छोराको उपचारका लागि विमलका बुबाले सबैसगं सहयोगको अपिल गर्नुभएको थियो।

आर्थिक अभावमा उपचारबाट बञ्चित हुनुपरेको खबर सुनेर सत्यवती सम्पर्क समाज कोरियाका अभियान्ता घनश्याम विश्वकर्माको नेतृत्वमा सकंलित १ लाख १४ हजार रुपैयाँ पत्रकार शकंर भुषालले सुनारको घरमै पुगेर हस्तान्तरण गर्नुभएको हो।

सत्यवती सम्पर्क समाजका संस्थापक तथा समाजसेवी तारानाथ ज्ञवालीको सल्लाह र रामु भण्डारीको विशेष सक्रियतामा सञ्चालन गरिएको सहयोग सकंलन अभियानमा सत्यवती गाउँपालिका सहित नेपालका विभिन्न जिल्लाबाट रोजगार,अध्ययन,व्यवसाय लगायत विभिन्न शिलशिलामा कोरियामा रहेका नेपालीहरुले सहयोग रकम प्रदान गरेका थिए। अभियानका संयोजक घनश्याम विश्वकर्माले बडिगाड अनलाइनसगं कुरा गर्दै प्रवासको भूमिमा दिन रातको मेहनतबाट कमाएको केही धन आफ्नो व्यक्तिगत स्वार्थका लागि मात्रै नभएर अलिकति देश र गाउँ समाजका दुख र पीडामा परेका दाजु भाइ तथा दिदी बहिनीहरुलाई प्राकृतिक विपत होस् या मानवीय स्वास्थ संकट हरेक दुःखको घडिमा कुनै पनि वर्ग लिङ्ग जात ,धर्म नहेरी मानवीय धर्मलाई सर्वोपरि ठान्दै स्वयं आफू र सत्यवती सम्पर्क समाज कोरीयाले सहयोग गरेको बताउनुभयो।

उहाँले विगतमा पनि सत्यवती सम्पर्क समाजले आफ्नो गाउँपालिका भित्र भएका दुःखी गरिब पीडित र प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्दै आएको जानकारी दिनुभयो । उहाँले अन्य मुलकमा रहनु हुने प्रवासी दाजुभाइ दिदी बहिनीहरुलाई समेत मानवीय समवेदना देखाई सहयोग सकंलन र वितरण कार्यमा लाग्न आग्रह गर्नुभएको छ।

Author
सागर भण्डारी बडिगाड अनलाइन का समाचार प्रमुख हुन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय