बागलुङ बजारकाे फर्निचर उद्योगमा आ’गलागी, दुई घाइ’ते, १८ लाखको क्षति

बागलुङ बजारकाे फर्निचर उद्योगमा आ’गलागी, दुई घाइ’ते, १८ लाखको क्षति

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ: बागलुङ बजारको एक फर्निचर उद्योगमा मध्यराती आ’गलागी भएको छ। मध्यराती भएको आ’गलागी बिहान मात्रै नियन्त्रणमा आएको छ। आ’गलागीमा परी दुईजना घाइ’ते समेत भएका छन।

बागलुङ नगपालिका वडा नम्बर ३ गुठीमा रहेको सिर्जना फर्निचर उद्योगमा आ’गलागी हुँदा १८ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आ’गलागीमा फर्निचर उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको छ भने नजिक रहेका दुई घरमा समेत आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इकबाल हवारीले जनाकारी दिनुभयो ।

राति २ बजेर ५० मिनेटमा प्रहरीलाई जानकारी भए लगत्तै प्रहरीको टोली त्यस स्थानमा गएको थियो । जिल्ला प्रहरी कार्यालयबाट ३० जना, बिपद व्यवस्थापन गुल्मबाट १७ जना, शसस्त्र प्रहरीबाट १५ जनाको टोली, स्थानीय र दमकलको सहायतामा विहान मात्रै आ’गलागी नियन्त्रणमा आएको थियो।

यो पनि पढ्नुहोस्: बागलुङका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए पेट्रोल बिना चल्ने ‘मोटर साइकल’

प्रहरीका अनुसार फर्निचरमा १५ लाख बराबरको क्षति भएको र फर्निचरसंगै जोडिएका दुई घरमा तीन लाख ५० हजार बराबरको क्षति भएको छ । आगालागीले नजिकै रहेको डम्बर बहादुर कार्कीको घर र सोही घरको दोस्रो तलामा डेरा गरी बस्ने लाल बहादुर थापाको कोठामा आगालागी भई कोठामा रहेको सम्पुर्ण सामान जली नष्ठ भएको छ ।

सोही आगालागीबाट फर्निचर सञ्चालक केशव हरीजन र गुठीका डम्मर बहादुर कार्की घाइ’ते हुनुभएको छ। उहाँहरुलाई चोट पटक नलागेपनि निसास्सिएर समस्या भएपछि उपचारका लागि धौलागिरी अस्पताल लगिएको छ।

साभार: रेडियो सारथी

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय