बागलुङमा छिमेकीले लगाएको आगो उडेर जाँदा दुई घर तथा गोठ जले

बागलुङमा छिमेकीले लगाएको आगो उडेर जाँदा दुई घर तथा गोठ जले

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ: बागलुङमा आगलागीबाट दुई घर तथा एक गोठमा क्षति पुगेको छ।

शुक्रबार दिउसो भएको आगलागीबाट बागलुङ निसीखोला-४, ओख्रेनीका ५५ वर्षीय नर बहादुर घिमिरेको घर र गोठ तथा ३५ वर्षीय प्रेम घिमिरेको घरमा क्षति पुगेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो।

प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलका अनुसार नर बहादुरको ढुङगा माटोले बनेको टिनको छानो भएको २ तले कच्ची घर तथा खरको छानो भएको कच्ची गोठ र प्रेमको ढुङगा माटोले बनेको टिनको छानो भएको २ तले कच्ची घरमा आगलागी भएको हो।

यो पनि हेर्नुहोस्: गुल्मीमा दुई हजार हेक्टर बढी जङ्गल डढेलोका कारण सखाप

स्थानीय ५० वर्षीय डिल्लीराज आचार्यले आफ्नै बारीमा सुकेको काँडा र पातहरू जलाउने क्रममा हावाले उडाउँदा दुई सय मिटर माथि रहेका घर तथा गोठमा आगलागी भएको प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले उल्लेख गर्नुभयो।

स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय