बागलुङमै कोरोना परीक्षणः ९ महिनामा नभएकाे काम बैशाखमा हाेला?

बागलुङमै कोरोना परीक्षणः ९ महिनामा नभएकाे काम बैशाखमा हाेला?

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

– डम्मर बुढा मगर

बागलुङ: गत वर्षदेखि बागलुङमा पिसिआर मेसिन राख्ने भनिए पनि अझैसम्म काम हुन सकेको छैन। कोरोना संक्रमण बढ्दै गएपछि धौलागिरी अस्पतालबाटै कोरोना परीक्षण गर्ने गरि पिसीआर मेसिन राख्न गत असार १२ गते सरकारले निर्णय गरेको थियो।

निर्णय भएको ९ महिना बित्दा सक्दा समेत पिसिआर मेसिन राख्ने सुर देखिदैन । धौलागिरि अस्पतालमा पिसिआर मेसिन राख्न गत कात्तिक २७ गते मेसिन खरिदका लागि बोलपत्र आह्वान गरिएको थियो । बोलपत्र आह्वान गरिएको पाँच महिना बितिसक्दा पनि अझै पिसिआर मेसिन राख्न सकिएको छैन।

रोटरी क्लव बागलुङले अस्पताललाई पिसिआर मेसिन दिए पनि कम क्षमताको भएको हुँदा नराखेको क्वल अध्यक्ष दयाराम पौडेलले बताउनुभयो। उहाँले रोटरी क्लवले लिएको सेसिनमा एक पटकमा आठ जनासम्मको स्वाब परीक्षण गर्न सकिने भन्दै अस्पतालमा ल्याब सहितको मेसिन ल्याउन थालेपछि आफूहरुले ल्याएको मेसिन आवश्यक पर्ने स्थानमा सहयोग गर्ने बताउनुभयो।

यो पनि पढ्नुहोस्: बागलुङका १० विद्यार्थीमा कोरोना, विद्यालय १० दिनको लागि बन्द

धौलागिरी अस्पतालका अध्यक्ष केबी राना मगरले मेसिनका राख्नका लागि आवश्यक तयारी पुरा भएको भन्दै १५ दिनमा स्थानपना हुने बताउनुभयो । सामान विदेशबाट ल्याउनु पर्ने हुँदा केही ढिलाई भएको उहाँको भनाई छ । उहाँले रोटरी क्लव बागलुङले दिन थालदेको मेसिन अस्पतालमा काम नलाग्ने भएपछि टेण्डर आवान गरि खरिद गर्ना थालेको बताउनुभयो।

धौलागिरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट शैलेन्द्र विक पोखरेलले पिसिआर प्रयोगशाला स्थापना गर्नका लागि सबै तयारी पुरा भएको भन्दै केही सामानहरु नआउँदा काम रोकिएको बताउनुभयो । उहाँले ल्याव कोठा, मेसिन राख्ने स्थान सबै व्यवस्थापन भई सकेको उहाँको भनाई छ। उहाँले मेसिन ल्याउने जिम्मा पाएको कम्पनीले ढिला गर्दा प्रयोगशाला स्थापना गर्न समस्या भएको भन्दै कम्पनीले १ हप्ता भित्र ल्याउने पोखरेले बताउनुभयो ।

मेसिन ल्याउने जिम्मा जीए सस कम्पनीले पाएको छ । विदेशबाट मगाउनु पर्दा ढिलाई भएको पोखरेल बताउनुहुन्छ । मेसिन आएर जडान भएपछि बैशाखदेखि बागलुङबाटै स्वाब परीक्षण सुरु गर्ने उहाँको भनाई छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय