– अनिश शर्मा गैरे
गुल्मी: महेन्द्र आदर्श नमुना माविले कक्षा १२ को अर्ध बार्षिक परीक्षाको नतिजा प्रकाशन गरेको छ। नतिजाअनुसार विद्यालय ‘टप’ हुनेमा सबै छात्राहरु मात्र रहेका छन्।
नतिजाअनुसार वाणिज्य समुह तर्फबाट मोनिका के सी ७२ प्रतिशत अंकसहित प्रथम भएकी छन्। त्यस्तै ७० र ६३.२ प्रतिशत अंक ल्याएर दीपा घिमिरे र कृशला अर्याल क्रमशः द्धितिय र तृतिय भएका छन्।
त्यस्तै मानविकी समुह अन्तर्गत नम्रता काफ्ले प्रथम (६८प्रतिशत), अप्सना कार्की द्वितिय (६५प्रतिशत), सम्झना सुनार (५३.२ प्रतिशत) तृतिय भएका छन्।
शिक्षा समुहमा गीता गैरे (६७ प्रतिशत) प्रथम, सीता खड्का (६१ प्रतिशत) द्वितिय र इन्द्र राना (५८ प्रतिशत) तृतिय भएका छन्।
एक कार्यक्रमकावीच उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरिएको छ। व्यवस्थापन समिति अध्यक्ष सुदर्शन शाक्य, शिक्षक अभिभाबक संघ अध्यक्ष चूडामणी सापकोटा लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन सहायक प्राध्यानाध्यापक अनन्तलाल भण्डारीले गर्नुभएको थियो। त्यस्तै सहायक प्रअ धनपति खरेलले स्वागत मन्तव्य दिनुभएको थियो।
कक्षा १२ मा विद्यालयमा ७१ जनाले अध्ययन गरिरहेका छन्।

अनिश शर्मा गैरे बडिगाड अनलाइनका प्रमुख संवाददाता हुन्।




