आज देशका धेरै ठाउँको मौसम सफा, कम भयो प्रदूषण

आज देशका धेरै ठाउँको मौसम सफा, कम भयो प्रदूषण

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाण्डौ: काठमाण्डौ सहित देशका धेरै ठाउँको मौसम अहिले सफा छ। काठमाण्डौसहित आसपासका क्षेत्रमा घाम लागेको छ।
क्रमश सुधार हुँदै गएकाले धेरै ठाउँमा प्रदूषण कम हुँदै गएको छ। तर, पूर्णरुपमा भने प्रदूषण हट्न समय लाग्ने मौसमविद् निराजन सापकोटाले बताउनुभयो।

यस्तै, आज दिउँसोपछि भने पहाडी क्षेत्रको मौसम बद्ली भएर केही ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी परे पनि अन्य ठाउँमा भने नपर्ने मौसमविद् सापकोटाले बताउनुभयो।

यसैबीच, डढेलो नरोकिए फेरि प्रदूषण बढ्ने मौसमविद्ले बताएका छन्। ‘अहिले मौसम सफा हुँदै गएको छ तर, आइतवार, सोमवारदेखि फेरि वायुमण्डल स्थिर रहने देखिएको छ’, उहाँले भन्नुभयो- ‘वायुमण्डल स्थिर रहँदैमा प्रदूषण बढ्छ भन्ने होइन तर डढेलो नियन्त्रण भएन भने चाहिँ हावा नचल्दा प्रदूषण बढ्ने सम्भावना छ।’

सुख्खापनका कारण देशका धेरैजसो क्षेत्रका वनमा दिनहुँजसो आगलागी हुने गरेको छ । आज पनि देशका विभिन्न २८ क्षेत्रमा डढेलो लागेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले जनाएको छ । प्रणालीका अनुसार सबैभन्दा धेरै सुर्खेतका २९ ठाउँमा, सल्यानका २२ ठाउँमा र बर्दियाका विभिन्न २१ क्षेत्रमा डढेलो लागेको छ।

वातावरणविद्हरुले प्रदूषण बढ्नुको मुख्य कारण डढेलो भएकाले यसको नियन्त्रणमा जोड दिएका छन् तर पर्याप्त पानीका स्रोत नहुँदा र आवश्यकता अनुसार दक्ष जनशक्ति नहुँदा डढेलो नियन्त्रणमा चुनौती थपिँदै गएको छ।

साभार: उज्यालो अनलाइन

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय