प्रधानमन्त्रीले सार्वजनिक रुपमै भने, ‘म माथि भौतिक आक्रमण भयो भनेपनि अचम्म नमान्नुहोला’

प्रधानमन्त्रीले सार्वजनिक रुपमै भने, ‘म माथि भौतिक आक्रमण भयो भनेपनि अचम्म नमान्नुहोला’

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध देशीविदेशी शक्तिले विभिन्नखाले षडयन्त्र गरिरहेको बताउनुभएको छ।

पोखरामा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले आफूले राखेको देशविकासको आकांक्षा कतिपयलाई मन नपरेको कारण आफूमाथि निरन्तर प्रहार भइरहेको बताउनुभएको हो।

स्वाधीन सार्वभौमको रुपमा देशलाई देख्न नचाहनेहरुले ठूलो षडयन्त्र गरेको भन्दै उहाँले भन्नुभयो, ‘ममाथि षडयन्त्र भइरहेको छ, कुनै दिन म माथि शारीरिक हमला भयो, ज्यान तलमाथि भयो भनेपनि अचम्म नमान्नुहोला, तर त्यसो हुन दिइने छैन, सुरक्षा अपनाइने छ । म रहेन भनेपनि केही हुनेछैन । आन्दोलन जारी रहनेछ, देशलाई अन्धकारमा जान दिइने छैन । पार्टीलाई तलमाथि हुन दिइने छैन।’

उहाँले राष्ट्र निर्माणको संकल्पको साथ आफु हिडेको तर पार्टीभित्र सानातिना कुराहरुमा निरन्तर आक्रमण भएको बताउनुभयो ।

देशबाट गरिबि हटाउने, पछौटेपन हटाउने, रोगव्याधि, हटाउने स्वच्छता कायम गर्न , भ्रष्ट्राचार हटाउने, देशमा भौतिक र मानवीय पूर्वाधार विकास गर्ने गरी सरकारले काम गरिरहेको तर कतिपय मानिसहरुलाई त्यसरी काम गरेको मन नपरेको कारण आफूहरुलाई हटाउने षडयन्त्र भइरहेको उहाँको भनाई छ।

पहिले पहिलो बर्षमा १० किमिमात्र सडक बन्ने गरेको भन्दै अहिले आफू सरकारमा आएपछि बर्षमा सयौँ किमि सडक बनिरहेको बताउनुभयो।

स्रोत: ज्योती न्यूज डट कम

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय