प्रधानमन्त्री ज्यू, नैतिकता छ भने राजीनामा दिनुस्: विष्ट

प्रधानमन्त्री ज्यू, नैतिकता छ भने राजीनामा दिनुस्: विष्ट

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी: नेकपाका केन्द्रिय सदस्य तथा स्थायी कमिटीका सदस्य गोकर्ण राज विष्टले प्रधानमन्त्री केपि शर्मा ओलीको राजिनामा मागेका छन।

शनिबार प्रचण्ड माधव समुहले गुल्मी सदरमुकमा तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने “प्रधानमन्त्री ज्यु विगतको इतिहास हेर्नुहोस् तपाईंमा अलिकति पनि नैतिकता छ भने राजिनामा दिएर नेपालमा नयाँ प्रकारको ढोका खोल्नुहोस्।”

दुनियाँमा सरकारले सानो त्रुटि गर्दा राजीनामा दिएका अभ्यासहरु धेरै छन । त्यसैले तपाईंले आफैले विघटन गरेको संसदमा धेरै दिन बस्न सुहाउन । साथै उनले प्रचण्ड माधव समुहले कुनै लोभ र पदको लागी आन्दोलन नगरेको समेत दावी गरेका छन।

देशको व्यवस्था , पार्टीको सिद्धान्त जोगाउन र केपि ओलि प्रवृत्तिको अन्त्य गर्न पार्टीको सङघर्ष गर्नु परेको जिकिर गरेका छन।

साथै केहि बाटो बिराएर ओलि समुह तिर लागेका कम्रेडहरु पनि बिना आग्रह पुर्व आग्रह प्रचण्ड माधव समुहले नेतृत्व गरेको मुल पार्टी नेकपामा फर्कने विश्वास समेत व्यक्त गरेका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय