बडिगाडमा लुटपाटको आशंकामा २ जना पक्राउ !

बडिगाडमा लुटपाटको आशंकामा २ जना पक्राउ !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

कमल पौडेल/बागलुङ : बागलुङको बडिगाड गाउँपालिका वडा नं. १ नेपाने कुवापानीमा शुक्रवार भएको लुटपाट घटनाको अनुसन्धान गर्न खटिएको प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

वडा नं. १ कै दगा सल्लेपोखरावाट पक्राउ परेका उनिहरुको अनुसन्धान भैरहेकोले विवरण खुलाउन नमिल्ने इलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख प्रहरी निरिक्षक अर्जुन मल्लले जानकारी दिनुभएको छ।

शुक्रवारको घटनापछि त्रसित वनेका स्थानिय र प्रहरीको सक्रियतामा लुटपाटमा संलग्नहरुको खोजि चलिरहेको बेला प्रहरीले सोधपुछ गर्ने क्रममा भागेपछि उनिहरुलाई स्थानियको सहयोगमा पक्राउ गरिएको प्रहरी चौकी खर्वाङले जनाएको छ।

शुक्रवार कुवापानीमा स्थानिय ५४ वर्षिय धनि रामजालीको १ लाख ५३ हजार नगद सहित गरगहना लुटिएको थियो। उता प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) ले घटनामा संलग्न नभएका आफ्ना जिल्ला इन्चार्ज आकाश सहित आफ्ना दुई जना कार्यकर्ता पक्राउ परेको दावी गरेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय