बडिगाड गाउँपालिकाका सामुदायीक विद्यालयहरुमा दिवा खाजा सुरु ।।

बडिगाड गाउँपालिकाका सामुदायीक विद्यालयहरुमा दिवा खाजा सुरु ।।

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

कमल पौडेल,खर्वाङ : बडिगाड गाउँपालिका भित्रका सवै सामुदायीक विद्यालयहरुमा कक्षा ५ सम्मका वालवालिकाहरुलाई दिवा खाजा बुधवार देखि सुरु भएको छ।

नेपाल सरकारको वार्षिक कार्यक्रम अनुसार चालु आर्थिक वर्षको श्रावण देखि नै कार्यक्रम सुरु हुने भनिएपनि कोभिड १९ को प्रभावका कारण विद्यालय नियमित भएसँगै पौष १ गते देखि निशुल्क खाजा सुरु गरिएको हो।

१० वर्ष भन्दा मुनिका वालवालिकाहरुलाई कुपोषणबाट वचाउँदै शैक्षिक गुणस्तर वृद्धि गर्न भन्दै चालु आर्थिक वर्ष देखि नेपाल सरकारले देशैभरका सामुदायीक विद्यालयका वालवालिकालाई दिवा खाजा सुरु गर्ने घोषणा गरेको थियो। स्थानिय उत्पादनमा आधारीत पोषण युक्त खाजा वालवालिकाहरुलाई उपलब्ध गराउन प्रतिविद्यार्थी, प्रतिदिन १५ रुपैया बजेटको व्यवस्था सरकारले गरेको छ।

गाउँपालिकाले परिपत्र गरेसंगै विद्यालयहरुले आज बुधवार देखि विद्यार्थीहरुलाई निशुल्क खाजा खुवाउन थालेका छन्।

फोटोः त्रिभुवन नमुना मावि खर्वाङमा दिवा खाजा वितरण गर्दै

 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय