बागलुङमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ !

बागलुङमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : बागलुङ जिल्लाको दक्षिण जैमिनीका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

यो सँगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ८ पुगेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले आदर्श अनलाइनलाई जानकारी दिए । जिल्लामा अहिले १ सय २४ जना कोरोना संक्रमित छन् ।

जिल्लाको जैमिनी नगरपालिका वडा नं। ९ पैञ्युथन्थापका २९ बर्षिय कोरोना संक्रमित युवकको उपचारको क्रममा पोखरामा मृत्यु भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा युवकको मृत्यु भएको स्वास्थ्य निर्देशनालयका निर्देशक विनोनविन्दु शर्माले जानकारी दिए ।

गत कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएपछि पोखरामा उपचाररत उनी निमोनिया लगायतका समस्याबाट पनि ग्रस्त रहेका थिए । उनलाई भेण्टिलेटरमा राखेर उपचार गरिएको थियो । CP :  Aadarsa Sanchar

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय