मुसिकोट नगरपालिकाले नगरभित्र सञ्चालित खानेपानी योजनाको अनुगमन गर्यो !

मुसिकोट नगरपालिकाले नगरभित्र सञ्चालित खानेपानी योजनाको अनुगमन गर्यो !

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सागर भण्डारी,गुल्मी । मुसिकोट नगरपालिकाले नगरपालिका भित्र सञ्चालित खानेपानी योजनाहरुको अनुगमन गरेको छ । विभिन्न समयमा सम्पन्न खानेपानीहरुको भौतिक संरचना र अवस्थाका बारेमा अनुगमन तथा अवलोकन गरेको हो ।

नगरपालिकाको वडा नं ५, ६, ७ र ८ नं वडामा सञ्चालित ५ वटा खानेपानी आयोजनाको अनुमगन गरिएको नगरपालिकाका वास सयोंजक सिता भुषालले जानकारी दिनुभयो ।

नगरपालिकाको एक घर एक धारा खानेपानी आयोजना अन्तर्गत निर्माण सम्पन्न भई सञ्चालनमा रहेका अधिकाशं आयोजनाहरु राम्रै रहेपनि केही योजनाहरु वर्खाको समयमा गएको पहिरोले क्षति पुर्याएको पाईएकाले सम्बन्धित उपभोक्ता समितिलाई आवश्यक मर्मत सुधारका लागि अनुरोध गरिएको उहाँले बताउनुभयो ।

नगरपालिकाको वडा नं ५ मा रहेको तल्लाफाँट खोनपानी तथा सरसफाई योजना, वडा नं ६ को सरपाङ गुज्र्याङ गुन्धारा खानेपानी आयोजना, दुन्दुरे देउराली खानेपानी आयोजना, वडा नं ८ को मालारानी खानेपानी आयोजना र वडा नं ७ को करङ्खोला खानेपानी आयोजनाको अनुगमन गरिएको बताईएको छ ।

अनुगमनमा उपप्रमुख कमला शर्मा, प्रमुख प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारी, वास सयोंजक सिता भुषाल, ईन्जिनियर विजय खरेल लगायतको उपस्थिति रहेको थियो । मुसिकोट नगरपालिकामा एक घर एक धारा अन्तर्गत अहिलेसम्म ३२ वटा खानेपानी आयोजना सम्पन्न भएका छन् भने १५ वटा योजना निर्माण हुँदै गरेका छन् ।

अहिलेसम्म ३ हजार ४ सय ५० घरधुरीमा खानेपानीको पहुँच पुगेको छ । आफ्नो कार्यकाल भित्र सबै खानेपानीको पहुँच भन्दा बाहिर रहेका नागरिकलाई खानेपानीको धारा पुर्याउने नगरपालिकाले अठोट लिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय