बागलुङमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

बागलुङमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : पोखरामा उपचाररत बागलुङका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पोखराको चरक अस्पतालमा उपचारत बागलुङ नगरपालिका– ३ का ८० वर्षीय पुरुषको मृत्यु भएको हो ।

बागलुङ नगरपालिका –३ मा किराना पसल सञ्चालन गर्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार पोखरा लगिएको थियो । उनको सोमबार पीसीआर परीक्षण गरिएको थियो । बुधवार बिहानसम्म अवस्था सामान्य रहेको भए पनि अचानक स्वास्थ्यमा समस्या देखिएपछि मृत्यु भएको बागलुङ नगरपालिका–३ की वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले बताइन् ।

उपचारमा संम्लग्न स्वास्थ्यकर्मीले बिहान खाना ल्याइदिन आग्रह गरेको भएपनि अपरान्हपछि मृत्युको खबर आएको परिवारका सदस्यलाई उदृत गर्दै वडाध्यक्ष बाँस्कोटाले जानकारी दिइन् ।

बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो दोश्रो हो । यस अघि बागलुङको ढोरपाटन नगरपालिकाका एक युवाको पनि कोरोनाका कारण मृत्यु भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
साभार :  नयाँ विश्व

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय