गुल्मी अस्पताल तम्घासमा आकस्मिक र प्रसुती बाहेक अन्य सेवा बन्द !

गुल्मी अस्पताल तम्घासमा आकस्मिक र प्रसुती बाहेक अन्य सेवा बन्द !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । गुल्मी जिल्ला अस्पताल तम्घासमा आकस्मिक र प्रसुती बाहेकका अन्य सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।

बिहीबार अस्पतालका प्रमुख सुपरिटेण्डेन डाक्टर उत्तम पच्या सहित थप २ जना स्वास्थ्यकर्मीमा कोरोना सक्रंमण पुष्टी भएपछि आजबाट अनिश्चितकालका लागि अस्पतालबाट प्रदान हुने आकस्मिक र प्रसुती बाहेकका अन्य सेवाहरु बन्द गरिएको अस्पतालले जनाएको छ ।

यसैबीच अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना सक्रंमण पुष्टी भएपछि उक्त अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र डाक्टर तथा स्थानीयहरुको पीसीआर परिक्षणका लागि स्वाव सकंलन गरिएको छ । आज जिल्ला अस्पतालमा कार्यरत ११ जना डाक्टर सहित १ सय १ स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको बताईएको छ । त्यस्तै प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माको पनि स्वाव सकंलन गरिएको बताईएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय