फेरि लकडाउन गर्ने सरकारको तैयारी !

फेरि लकडाउन गर्ने सरकारको तैयारी !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण दर तीव्र गतिमा बढेको निचोडसहित फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरेको छ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बिहान बसेको बैठकले फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरिएको प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले बताएका छन्।

‘कोरोना संक्रमण दर तीव्र सबै सेवा र व्यवसाय एक महिना नखोल्ने गरी मन्त्रालय अन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सिफारिस गरेको छ’, गौतमले भने, ‘अवस्था जटिल बन्दै गएकाले यस्तो सिफारिस गरिएको हो।’ गौतमका अनुसार अहिले कोरोनाका १७ हजार सक्रिय संक्रमित छन्।

यदि सक्रिय संक्रमितको संख्या २५ हजार पुगेको खण्डमा लकडाउन गर्नुपर्ने सिफारिस पनि मन्त्रालयले सरकारलाई गरेको छ। ‘अहिले १७ हजार सक्रिय संक्रमित छन्। कुनै दिन २५ हजार सक्रिय संक्रमित भएमा फेरि बन्दा बन्दी गर्ने गरी सिफारिस भएको छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय नाकाहरुमा हेल्थ डेस्क स्थापनाका लागि दरबन्दी पुनरवालोकन गर्ने पनि निर्णय भएको छ।’ Thaha Khabar

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय