बागलुङमा आगलागी हुँदा एक घर जलेर नष्ट !

बागलुङमा आगलागी हुँदा एक घर जलेर नष्ट !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : बरेङमा आगलागी हुँदा एक घर जलेको नष्ट भएकाे छ ।

बरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचाैर बुधबार राती आगलागी हुँदा स्थानीय सरस्वती बिकको घर जलेको नष्ट भएकाे प्रहरी चौकी बरेङका प्रहरी सहायक निरीक्षक कृष्ण अधिकारीले बताए ।

मरातकाे समयमा एक्कासी भएको आगलागी हुँदा घर जलेर नष्ट भएको र सबै सामान समेत जलेकाे अधिकारीले बताए ।

घरमा एक्कासी आगलागी भएपछि विक परिवारले उठेर भागेर ज्यान बँचाएका छन् । स्थानीयले रातीनै आगो नियन्त्रणमा लिएकाले गाउँका अन्य घरमा भने क्षति नभएकाे प्रहरीले जनाएकाे छ ।

घरमा रहेका अन्नपात, लत्ता कपडा सबै जलेर नष्ट भएपछि बिक परिवारलाई छिमेकीको घरमा राखिएको उनले बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय