बाग्लुङमा थप ४ जनामा कोरोना सक्रंमण !

बाग्लुङमा थप ४ जनामा कोरोना सक्रंमण !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : बागलुङमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका र तमानखोला गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

संक्रमण हुनेमा बागलुङ नगरपालिकाका बागलुङ नगरपालिका वडा नम्बर १० का १९ वर्षीय पुरुष, वडा नम्बर १३ का ४९ वर्षीय पुरुष र वडा नम्बर ६ का ३७ वर्षीय पुरुष रहेका छन् । तमानखोलाका एक जना संक्रमितको सम्पर्कमा आएको र बागलुङ नगरपालिकाका भारतबाट आए क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय बागलुङ प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

त्यस्तै बागलुङ सहित कास्कीमा २ जना, गोरखामा ४ जना, तनहँमा १ जना र नवलपुरमा १२ जना गरि २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२०१ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरामा बागलुङ, कास्की र गोरखाको १० जनाको परीक्षण गरिएको थियो ।चितवन मेडिकल कलेज चितवनमा नवलपुरका १२ जना र तनहुँका १ जनाको परीक्षण गरिएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय