सविंधान दिवसको अवसरमा ३ दिन घरघरमा दिपावली गर्न आग्रह !

सविंधान दिवसको अवसरमा ३ दिन घरघरमा दिपावली गर्न आग्रह !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

प्रकाश घिमिरे,गुल्मी । जिल्ला प्रशाशन कार्यालय गुल्मीले सविंधान दिवसको अवसरमा घरघरमा दिपावली गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

सविंधान दिवस मनाउने सन्दर्भमा प्रधानमन्त्रीको अध्यक्षतामा भाद्र २२ गते सविंधान दिवस मुल समारोह समितिको निर्णय बमोजिम जिल्ला स्तरमा दिप प्रज्वलन गर्ने कार्यक्रम अनुसार यही असौज २, ३ र ४ गते बेलुका घरघरमा दिप प्रज्वलन गर्न आग्रह गरिएको हो ।

प्रमुख प्रशाशकीय अधिकृत उद्धव पन्थीद्धारा हस्ताक्षरित सुचनामा संघ, प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघसंस्था र कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराउन समेत आग्रह गरिएको छ ।

त्यस्तै उक्त अवसरमा विभिन्न मन्दिर, बुद्ध विहार, मस्जिद, चर्च एवम् गुरुद्धार लगायत धार्मिक स्थानमा नृत्य र पुजाआजा गर्दा राष्ष्ट्र, राष्ट्रियता र स्वतन्त्रता एवम् सविंधानका लागि जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात सहिदहरुप्रति उच्च सम्मान सहित पुजापाठ र प्रार्थना गर्न पनि आग्रह गरिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय