सिन्धुपाल्चोक केन्द्रबिन्दू भएको पराकम्पले बागलुङमा घर भत्कियो !

सिन्धुपाल्चोक केन्द्रबिन्दू भएको पराकम्पले बागलुङमा घर भत्कियो !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : आज विहानको भूकम्पको धक्काले बागलुङमा एक घर भत्किएको छ । बुधबार विहान पखगएको भुकम्पको धक्काले बागलुङ नगरपालिका–६ का ६९ बर्षिय दुर्गाबहादुर सुवेदीको घर भत्किएको हो ।

घर बस्नै नमिल्दे गरी क्षतिभएको वडा नम्बर–६ का वडा सचिवरुद्रबहादुर केसीले जानकारी दिनुभयो । सुवेदीको ढुङ्गगा माटोले बनेको दुई तले टिनको छानो भएको कच्ची घरको दक्षिण तर्फको गारो भत्किएको छ । परिवारलाई छिमेकीको घरमा तत्काल बसोबासको व्यावस्थापन गरिएको छ । घरका माथिल्लो तलामा मान्छे बस्ने र तल्लो तलामापशु चौपया राख्ने गरिएको थियो ।

घर भत्किदा मानवीय तथा पशु चौपयामाभने कुनै क्षति नभएको जिल्लाप्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर बुधबार विहान ६।० रेक्टर रेक्टर स्केलको गोरखा भूकम्पको पराकम्प गएको थियो । गोरखापत्र अनलाइन

Share This Article

प्रतिक्रिया दिनुहोस