दुर्घटनामा परेका राष्ट्रिय क्रिकेटर ललित भण्डारी खतरा मुक्त भएका छन

दुर्घटनामा परेका राष्ट्रिय क्रिकेटर ललित भण्डारी खतरा मुक्त भएका छन

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

आईतबार धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रकले भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटनामा परेका राष्ट्रिय क्रिकेटर ललित भण्डारी गम्भीर घाइते भएका थिए।  उनीसंगै उनका नातेदार करन ठगुन्ना पनि घाइते भएका थिए । भण्डारीको अहिले कोहलपुरमा उपचार भइरहेको छ भने उनि खतरामुक्त भएर सामान्य अवस्थामा रहेको क्रिकेटर कप्तान पारस खड्काले आफ्नो आधिकारिक फेसबुक मार्फत जानकारी दिएका छन्।

क्रिकेटर भण्डारीको हात र खुट्टा फ्याक्चर भएको । यस्तै उनको हात  र खुट्टाको अप्रेसन गर्नुपर्ने कप्तान खड्काले उलेख गरेका छन्। भण्डारीको टाउकोको सिटी स्क्यान गरेर हेर्दा टाउकोमा चोट नलागेको बताइएको छ। क्रिकेटर भण्डारी दुर्घटनामा परेपछि शुक्लाफाट क्लिनिकमा प्राथमिक उपचार गरेर धनगढीकै निसर्ग अस्पतालमा लगिएको थियो तर त्यहा थप उपचार नहुने भएपछि धनगढीबाट आइतबार राति नै उनलाई नेपालगन्जको कोहलपुर मेडिकल कलेज रिफर गरिएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय