चन्द्रकोटका १८ जना र मुसिकोटका १ जनामा कोरोना पुष्टि !

चन्द्रकोटका १८ जना र मुसिकोटका १ जनामा कोरोना पुष्टि !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी : गुल्मीमा चन्द्रकोट गाउँपालिकाका १८ जना र मुसिकोट नगरपालिकाका १ जना सहित गुल्मीमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा चन्द्रकोट गाउँपालिकाका १८ जना र मुसिकोट नगरपालिकाका १ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्याले जानकारी दिए ।

आज देखिएका संक्रमितहरु मध्ये १८ जना चन्द्रकोटका समुदायस्तरका रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । यो संगै गुल्मीमा कोरोना संक्रमितको संख्या ४४९ पुगेको छ । हालसम्म ३९० जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् । जिल्लामा कोरोना संक्रमणका कारण तीन जनाको ज्यान गइसकेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय