ढोरपाटन बाढी : न्वारमा भेटियो शव ,मृत्यु हुनेको संख्या १६ ,२२ अझै बेपत्ता !

ढोरपाटन बाढी : न्वारमा भेटियो शव ,मृत्यु हुनेको संख्या १६ ,२२ अझै बेपत्ता !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बडिगाड अनलाईन । भूजीखोलामा आएको बाढीमा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । नेपाल प्रहरी र नेपाली सेनाको टोलीले आज दिउसो १ बजे बडिगाड गाउँपालिका वडा नम्बर ५ न्वारमा बडिगाडखोलाको किनारमा शव फेला पारेर इलाका प्रहरी कार्यालय बुर्तिबाका प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।

अझैसम्म २२ जना बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्यका लागि नेपाली सेना र नेपाल प्रहरी टोली निरन्तर खाटिरहेको छ । आज फेला परेको शव करिब २४/२५ वर्षको पुरुषको जस्तो भएको हुँदा सजिलै सनाखत हुन सक्ने भण्डारीको भनाई छ । शवलाई नदि किनारबाट निकाली प्राथमिक स्थास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको उहाँले जानकारी दिनुभयो । बाढीले ८० घरमा पूर्ण रुपमा क्षति पु¥याएको छ भने ५१ घरमा आंशिक क्षति पुगेको छ । भूजीखोलमा पर्ने ११ वटा विद्युत गृह र नहर बगाउँदा सिंगो भूजीखोला नै अन्धकार बनेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय