पोखरा । गण्डकी प्रदेशमा बुधबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा बुधबार थप १८ जनामा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमितहरु लमजुङका १४ जना रहेका छन् भने नवलपरासी पूर्व, कास्की, तनहुँ र स्याङजाका एक एक जना रहेका छन् । बाँकी सबै संक्रमित कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएका संक्रमित भएको स्वास्थ्य निर्देशनालयले जनाकारी दिएको छ । अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १७०४ रहेको छ भने निको हुने दर ७९ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । त्यस्तै प्रदेशमा अहिलेसम्म २२६४ जना संक्रमित भएका छन् भने गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।





