बागलुङ : धौलागिरीमा पीसीआर मेसिन राख्ने विषयको लामो समयको अन्यौलतापछि सरकारले अस्पताललाई नै खरिद गर्ने जिम्मा दिएको छ।

बागलुङ : धौलागिरीमा पीसीआर मेसिन राख्ने विषयको लामो समयको अन्यौलतापछि सरकारले अस्पताललाई नै खरिद गर्ने जिम्मा दिएको छ।

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको बैठकले धौलागिरी अस्पतालसहित धनकुटा र पाल्पा अस्पतालमा पीसीआर मेसिन खरिदका लागि १/१ करोड बजेट विनियोजन गरेको छ।
केन्द्रबाटै पीसीआर मेसिन खरिद गरेर पठाउने बताइएको भए पनि शुक्रबार जिल्ला प्रशासन कार्यालय मार्फत अस्पताल आफैंलाई पीसीआर परीक्षण मेसिन खरिदका लागि पत्र आएको छ। मेसिन खरिदका लागि १ करोड बजेट विनियोजन भएको पत्र आएको धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बि पोख्रेलले जानकारी दिए।
अब केन्द्रबाट अस्पताललाई आर्थिक अख्तियारीको आधिकारिक पत्र प्राप्त हुनासाथ पीसीआर मेसिन खरिदको प्रक्रिया अघि बढ्ने उनको भनाइ छ। मेसिन खरिद सँगै जनशक्ति समेत के कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती रहेको उनको भनाइ छ। यसका विषयमा मेसिन खरिद प्रक्रिया सँगै प्रदेश सरकार लगायत सँग समन्वय गरिनेछ।
अहिले धौलागिरी अस्पतालका सिनियर ल्याब टेक्नोलोजिस्ट सुरज बराल पीसीआर परीक्षणका लागि पोखरामा खटिएका छन्। पर्वत अस्पताल र म्याग्दी अस्पतालका ल्याबमा कार्यरत प्राविधिक पनि पोखरा लगिएको छ। यहाँ पीसीआर परीक्षण गर्ने भए पछि उनीहरु सबैलाई यता ल्याउने या अन्य बैकल्पिक जनशक्ति व्यवस्थापन गर्ने भन्ने विषय पनि टुंगो लगाउनु पर्ने पोखरेलको भनाइ छ।
स्वास्थ्य मन्त्रालयले गत असार १२ गते सूचना जारी गरेर धौलागिरिी अस्पतालसहित देशका १० वटा अस्पतालमा पीसीआर मेसिन राख्ने निर्णय गरेको जानकारी गराए पनि लामो समय कुनै प्रगति नभए पछि नागरिक स्तरबाट गुनासो र आलोचना हुँदै आएको छ।
Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय