बाग्लुङमा थप १४ जनामा कोरोना संक्रमण !

बाग्लुङमा थप १४ जनामा कोरोना संक्रमण !

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : बागलुङमा थप १४ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा बागलुङ गलकोटका १० र बागलुङ नगरपालिकाका ४ जना कोरोना संक्रमण पुष्टी भएको हो ।

गलकोट नगरपालिकाका १० जना मध्ये एक जना महिला भएको बताईएको छ । गलकोट नगरपालिकाका २८ वर्षीया महिला सहित वर्ष २७, २०, २८, ४५, २३, ५२, २६, २३, २७ का ९ जना पुरुषलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टी भएको हो । उनीहरु सबै भारतबाट आएर नगरपालिकाको क्वारेनटाईनमा बसेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो ।

गलकोट नगरपालिकामा अहिले २१ बेड क्षमताको आईसोलेसन छ । १७ जना अहिले पनि आईसोलेसनमा छन् । उनीहरुमध्ये १५ जनाको नेगेटिभ रिपोर्ट आएको छ । उनीहरुलाई मंगलबार बिहान डिस्चार्ज गरेपछि मात्रै आजका संक्रमितलाई आईसोलसनमा ल्याएर राख्ने उहाँको भनाई छ । ‘आज संक्रमण पुष्टी भएकालाई छुट्याएर राख्छौं भोली १५ जनालाई घर पठाएपछि मात्रै उनीहरुलाई ल्याएर राख्ने अवस्था छ,’ उहाँले भन्नुभयो ।

गलकोटमा अहिलेसम्म संक्रमितको संख्या ३९ पुगेको छ । बागलुङ नगरपालिकामा भने एक जना दक्षिण कोरियाबाट आएका र तीन जना भारतबाट आएकामा कोरोना देखिएको बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो । दक्षिण कोरियाबाट आएका ३१ वर्षीय पुरुष तथा अन्य भारतबाट आएका ३७, २१ र ३५ वर्षका पुरुषलाई कोरोना देखिएको छ । बागलुङ जिल्लाभर कोरोना संक्रमितको संख्या १९४ पुगेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय