गुल्मीका १२ वटै स्थानीय तहमा कोरोना सक्रंमण फैलियो !

गुल्मीका १२ वटै स्थानीय तहमा कोरोना सक्रंमण फैलियो !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । गुल्मीका सबै स्थानीय तहमा कोरोना सक्रंमण फैलिएको छ । गुल्मीका १२ स्थानीय तह मध्ये कालीगण्डकी गाउँपालिकामा कोरोना संक्रमण देखिएको थिएन ।

बुधबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कालीगण्डकी गाउँपालिकाका २८ बर्षिय पुरुषमा कोरोना संक्रमण भए संगै जिल्लाका सबै स्थानीय तहमा कोरोना फैलिएको स्वास्थ्य कार्यलय गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिनुभएको छ ।

यो संगै जिल्लामा संक्रमितको संख्या ५९ पुगेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ । मंगलबार एकैदिन गुल्मीमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा एक बर्षका बालक देखि ३९ बर्ष उमेर सम्मका रहेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।
जिल्लामा कोरोना संक्रमणका कारण २ जनाको निधन भएको छ भने ३ जना उपचार पछि निको भएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय