बडिगाड अनलाइन । बडिगाड गाउँपालिकाको राहत कोषमा कृषि महिला समुहले सहयोग गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले सञ्चालनमा ल्याएको राहत कोषमा वडा नं ६ स्थित आमा समुहले सहयोग गरेको हो ।
एक कार्यक्रमकाबीच कृषि महिला समुहकी अध्यक्ष सुमित्रा घिमिरे, सचिव पार्वती के.सि, उपाध्यक्ष सावित्रा चालिसे नगद रु १०,००० हजार रुपैयाँ गाउँपालिकाका अध्यक्ष मेयरसिहं पाईजालाई हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम हस्तान्तरण गर्दै समुहकी अध्यक्ष घिमिरेले गाउँपालिकाले सञ्चालनमा ल्याएको राहत कोषमा थोरै भएपनि सहयोग होस भन्ने हेतुले आफुहरुले आमा समुहको तर्फबाट सहयोग रकम दिएको बताउनुभयो ।
रकम ग्रहण गर्दै गाउँपालिका अध्यक्ष पाईजाले सहयोगी प्रति धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले विपदको समयमा गाउँपालिकाले गरेको काममा सहयोग र समन्वय गर्न अन्य सबैलाई आग्रह पनि गर्नुभयो ।



