बेलायती वैज्ञानिकको दावी : कोरोनाको औषधि पत्ता लाग्यो !

बेलायती वैज्ञानिकको दावी : कोरोनाको औषधि पत्ता लाग्यो !

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

एजेन्सी, । बेलायतमा वैज्ञानिकहरुले कोभिड-१९ रोगविरुद्ध सस्तो र सबैतिर उपलब्ध उपचार पत्ता लगाएको दावी गरेका छन् । उनीहरुले सामान्य स्टेरोयड औषधि डेक्सामेथासोनको उपयोगबाट कोरोनाविरुद्ध ठूलो सफलता हासिल गरेको उल्लेख गरेका छन् ।

यो औषधिले भेन्टिलेटरमा पुगिसकेका गम्भीर बिरामीहरुमध्ये एक तिहाईको जीवनरक्षा गर्ने र अक्सिजन लगाउनुपर्ने बिरामीहरुको पनि उल्लेख्यरुपमा जीवन बचाउने उल्लेख गरिएको छ । कोरोनाबाट विभिन्न स्तरमा संक्रमित बिरामीमाथि गरिएको परीक्षणबाट यस्तो आंकलन गरिएको हो । यो औषधिलाई महामारीको सुरुमा नै प्रयोग गर्न सकिएको भए ४ देखि ५ हजार मानिसहरुको जीवनरक्षा गर्न सकिने अनुमान गरिएको छ ।

अनुसन्धानको सहनेतृत्व गरिरहेका अक्सफोर्ड विश्वविद्यालयका एक प्रोफेसर मार्टिन लान्ड्रे भन्छन्, ‘कोरोना संक्रमण भएर अक्सिजन दिइरहेका वा भेन्टिलेटरमा रहेका बिरामीहरुलाई डेक्सामेथासोन दिएमा उनीहरुको जीवन रक्षा हुन्छ र यसको मूल्य पनि एकदमै सस्तो छ ।’टेलिग्राफमा प्रकाशित खबर अनुसार यसको मूल्य केवल ५ पाउन स्ट्रर्लिङ अर्थात् ७७० नेपाली रुपैयाँ पर्न जान्छ ।

यो मूल्यमा उपचारको पूरै कोर्ष पूरा गर्न सकिन्छ । भारतजस्ता मुलुकहरुमा त एक डलर भन्दा मात्रै पर्न सक्छ । अनुसन्धानका अर्का सहनेतृत्व गरेका पिटर होर्बी भन्छन्, ‘डेक्सामेथासोन सुन्निएको कम गर्नका लागि र अन्य रोगहरुमा पनि व्यापकरुपमा प्रयोग हुने सामान्य स्टेर्वाइड हो । यसले कोभिड-१९ को मृत्यूदर घटाउन काफी मद्दत पुर्‍याउनेछ । उनले अगाडि थपे, ‘यो एउटा महत्वपूर्ण सफलता हो ।’ अहिलेसम्म कोभिड-१९ का लागि संसारमा स्वीकृत गरिएको कुनै पनि औषधि छैनन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय