प्रहरी विधयेक असारभित्रै संसदमा पेस गर्ने वातावरण बनाइदिन गृहमन्त्रीको आग्रह

प्रहरी विधयेक असारभित्रै संसदमा पेस गर्ने वातावरण बनाइदिन गृहमन्त्रीको आग्रह

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक असार महिनाभित्रै प्रतिनिधिसभामा पेस गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

आज (बुधबार) सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले सम्भव भए नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक पनि असार महिनाभित्रै समितिबाट पारित गरेर सदनमा पेस गर्ने वातावरण बनाइदिन आग्रह गरेका हुन् ।

‘समितिमा आजबाट नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल प्रारम्भ गरेका छौं’, उनले भने, ‘७० सालपछि प्रहरी कानून बनाउँदै छौं । यो मेरो र गृहमन्त्रालयको प्राथमिकताको विषय हो । विधेयक टुंगो लगाउन जति समय छलफलका लागि भन्नु हुन्छ हामी तयार छौं ।’ उनले सशस्त्र प्रहरी बलको विधयेक पनि महत्वपूर्ण नै रहेको बताउँदै सो विधयेक पनि टुंगो लगाउन समितिसमक्ष आग्रह गरे । ‘गृह अन्तर्गत अरु पनि विधयेक पाइपलाइनमा छन्’, मन्त्री लेखकले भने, ‘यी विषयमा समितिका माननीयहरूले दिनु भएको प्राथमिकताका लागि धन्यवाद दिन चाहन्छु ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय