दुई साँढेको जुधाइमा परेर स्कुटर चालकको मृत्यु

दुई साँढेको जुधाइमा परेर स्कुटर चालकको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

जनकपुरधाम । दुई साँढे जुधिरहेकै ठाउँमा स्कुटर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–७ का अन्दाजी ५० वर्षीय सत्तार राइन छन् । स्कुटरबाट लडेर घाइते राइनको उपचारका लागि जानकी हेल्थ केयर लगेपछि चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार राति करिब साढे ८ बजे राइन मधेश प्र.०२–००७ प ९२६६ नम्बरको स्कुटर चढेर घरतर्फ गइरहेका थिए । पेठियाबजारमा आपसमा दुई साँढे जुधिरहेका थिए । जनकपुरधाममा छाडा चौपायाको व्यवस्थापनामा चासो नदेखाएकाले जोखिम बढेकोमा स्थानीय सरकारको गुनासो हुँदै आएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय